विराटनगर अपडेट : मेयरमा कांग्रेस र उपमेयरमा एमालेको अग्रता

विराटनगर । विराटनगर महानगरपालिकामा नेपाली कांग्रेसका नागेश कोइरालाले अग्रता कायम राखेका छन् । उनले पछिल्लो मत परिणाम अनुसार १५२२ मत ल्याउँदा नेकपा एमालेका सागरकुमार थापाले १०८० मत प्राप्त गरेका छन् ।

त्यस्तै स्वतन्त्र उम्मेदवार उमेश यादवले ४८३ मत ल्याउँदा राप्रपाका प्रहदाल प्रसाद साहले २७२ मत प्राप्त गरेका छन् ।

उपमेयरमा शिल्पा कार्कीले १२१२ मत ल्याउँदा गठबन्धनका उपमेयरका उम्मेदवार जसपाका अमरेन्द्र यादवले ८८७ मत ल्याएर पछ्याई रहेका छन् । राप्रपाका विन्दाकुमारी लुईटेल आचार्यले ३१७ मत ल्याउँदा स्वतन्त्र उम्मेदवार नमिता न्यौपानेले २७२ मत ल्याएकी छिन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

five × one =