विराटनगरको मेयरमा कांग्रेस र उपमेयरमा एमालेको अग्रता

विराटनगर । विराटनगर महानगरपालिकामा नेपाली कांग्रेसका नागेश कोइरालाले अग्रता कायम राखेका छन् । उनले पछिल्लो मत परिणाम अनुसार १३१२ मत ल्याउँदा नेकपा एमालेका सागरकुमार थापाले ९५९ मत प्राप्त गरेका छन् ।

स्वतन्त्र उम्मेदवार उमेश यादवले ३८० मत ल्याउँदा राप्रपाका प्रहदाल प्रसाद साहले २१९ मत प्राप्त गरेका छन् ।

उपमेयरमा शिल्पा कार्कीले १०८२ मत ल्याउँदा गठबन्धनका उपमेयरका उम्मेदवार जसपाका अमरेन्द्र यादवले ७३५ मत ल्याएर पछ्याई रहेका छन् ।

राप्रपाका विन्दाकुमारी लुइँटेल आचार्यले २५९ मत ल्याउँदा स्वतन्त्र उम्मेदवार नमिता न्यौपानेले २५४ मत ल्याएकी छिन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *