धनगढी उपमहानगरमा अग्रता बढाउँदै हमाल

धनगढी । धनगढी उपमहानगरपालिकाको मतगणनामा मेयरका स्वतन्त्र उम्मेदवार गोपाल हमालले अग्रता बढाउँदै गएका छन् ।

जम्मा १९५३ मतगणना हुँदा हमालले ९०९ मत ल्याएका छन् । उनलाई गठबन्धनबाट कांग्रेसका उम्मेदवार नृपबहादुर वडले ५५२ मत प्राप्त गरेका छन् भने एमालेका रणबहादुर चन्दको ८३ मत पुगेको छ ।

उपमेयरमा गठबन्धनबाट माओवादी केन्द्रका शान्ति अधिकारीले अग्रता लिएकी छन् । उनले ४५८ मत ल्याएकी छन् । उनलाई पछ्याइरहेकी एमालेकी कन्दकला रानाले २४० र स्वतन्त्र उम्मेदवार प्रभाकर भण्डारीले ३११ मत ल्याएका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *