राप्रपाको गढमा कांग्रेसका वडाध्यक्षसहित प्यानलै विजयी

काठमाडाैँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङ्देनको निर्वाचन क्षेत्र झापाकाे कचनकवल १ मा नेपाली कांग्रेसका वडाध्यक्षसहित प्यानल नै विजयी बनेको छ ।

त्यहाँ उनले १ हजार ४ सय ४२ मतसहित महावीर लिम्बू वडाध्यक्षमा निर्वाचित भए । निकटतम प्रतिस्पर्धी राप्रपाका उम्मेदवार लक्ष्मी नारायण यादवले १ हजार १ सय १० मत प्राप्त गरे ।

वडा सदस्यमा अन्तप्रसाद राजवंशी र उग्रनारायणा सिंह राजवंशी निर्वाचित भए । महिला सदस्यमा सञ्जावती राजवंशी र दलित महिला सदस्यमा सुनिता दर्जी निर्वाचित भए । यो गाउँपालिका राप्रपाको गढ मानिन्छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *