गोरखा बारपाकमा माओवादीले गुमायो पकड, कांग्रेस अगाडि

पोखरा । गोरखाको बारपाक सुलिकोट गाउँपालिकामा कांग्रेस उम्मेदवार अघि देखिएका छन् ।

बारपाकको वडा नं १ को अध्यक्षमा कांग्रेसबाट उम्मेदवार बनेका धनबहादुर घले ३ सय ६४ मतसहित विजयी भएका छन् भने उनका निकटतम प्रतिस्पर्धी माओवादी केन्द्रका उम्मेदवारले २ सय ४७ मत ल्याएका छन् । अन्य चारजना वडा सदस्य पनि नेपाली कांग्रेसबाट नै निर्वाचित भएका छन् । यसअघि, माओवादी केन्द्रले जितेको सो वडामा यसपटक कांग्रेसले बाजी मारेको हो ।

यस्तै, गाउँपालिकातर्फ अध्यक्षमा कांग्रेसका जितबहादुर घलेले ४ सय ९६ मत ल्याएका छन् भने माओवादी केन्द्रका विष्णु भट्टले १ सय ६७ मत ल्याएका छन् । उपाध्यक्षमा कांग्रेसका दिलमाया गुरुङ रानाले ४ सय ११ र माओवादी केन्द्रकी सनमाया गुरुङले २०३ मत ल्याइन् ।

बारपाकमा पनि यसअघि माओवादीले जितेको हो । माओवादीले पुरानै विजेता अनुहारलाई यसपटक पनि उम्मेदवार बनाएको भए पनि नेपाली कांग्रेसले अग्रता लिएको हो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *