कर्णालीका मुख्यमन्त्री शाहीको गृहपालिका खार्पुनाथमा गठबन्धनको अग्रता

सुर्खेत । कर्णालीका मुख्यमन्त्री जीवनबहादुर शाहीको गृहपालिका हुम्लाको खार्पुनाथ गाउँपालिकामा गठबन्धनले अग्रता लिएको छ ।

जम्मा एक हजार १५७ मत गणना हुँदा अध्यक्षमा गठबन्धनका तर्फबाट कांग्रेसका उम्मेदवार कर्णबहादुर रावलले ६७६ ल्याएका छन् भने एमालेका प्रकाश शाहीले ४५० मत ल्याएका छन् ।

त्यस्तै, उपाध्यक्षमा गठबन्धनका उम्मेदवार माओवादीका ज्ञानबहादुर सिंह (भरत)ले ६९१ मत पाएका छन् भने समाजवादीका शक्तिसिंह ऐडीले ३२४ मत प्राप्त गरेका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *