मोरङको कानेपोखरी ७ मा एमालेको प्यानल नै विजयी

विराटनगर । मोरङको कानेपोखरी गाउँपालिकाको एक वडामा एमालेको प्यानल नै विजयी भएको छ ।

कानेपोखरी वडा नं ७ को वडाध्यक्षमा नेकपा एमालेका मोहनप्रसाद अधिकारी विजयी भएका हुन् । उनी सहित प्यानलै निर्वाचित भएका छन् । १ हजार ३ सय २८ मत ल्याएर अधिकारी अध्यक्षमा निर्वाचित भएको निर्वाचन अधिकृत गणेश नायकले जानकारी दिए ।

उक्त वडामा २ हजार ७ सय २ मत खसेकोमा अधिकारीका निकटम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका अमृत चेम्जोङले १ हजार मत ल्याए। सदस्यहरूमा एमालेकै पदमकुमारी कार्की, जित बहादुर लिम्बु , जीवन सुब्बा र दलित महिला सदस्यमा रुविना विश्वकर्मा निर्वाचित भएका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *