उदयपुरका ८ स्थानीय तहमध्ये ६ वटामा मात्रै मतगणना हुँदै

उदयपुर । उदयपुरको आठ स्थानीय तहमध्ये छ वटा स्थानीय तहमा मतगणना भइरहेको छ ।

मुख्य निर्वाचन अधिकृत दीपक खनालका अनुसार त्रियुगा नगरपालिका र कटारी नगरपालिका बाहेकका अन्य चार गाउँपालिका र तीन नगरपालिकामा मत गणना भइरहेको हो ।

कटारी नगरपालिका १० मा रहेको कालिका माध्यमिक विद्यालय सोरुङको मतदान केन्द्रमा अराजक समूहले मतपेटीका कब्जा गर्न खोजेपछि प्रहरीले गोली चलाएको थियो । यता त्रियुगा नगरपालिका १२ मा रहेको जनप्रेमी आधारभूत विद्यालयको मतदान केन्द्रमा विवादको कारण केही मतदनकै प्रकृया समेत रोकिएको छ ।

बेलका नगरपालिकाका निर्वाचन अधिकृत जनकराज पन्तका अनुसार वडा नम्वर १ र ९ बाट गणना सुरु गरिएको थियो भने चौदण्डीगढी नगरपालिकाको वडा नम्वर १, २ र ३ वडाबाट गणना सुरु गरिएको थियो । गतगणना सुरु भएका पालिकाको मत परिमाण सार्वजनिक गर्न एक द्वारा प्राणलीको व्यवस्था गर्ने तयारी गरिएको मुख्य निर्वाचन अधिकृत दिपक खनालले बताए ।

ताप्ली र लिम्चुङबुङ गाउँपालिकामा गए राती देखिनै मतगणना सुरु भएको छ । रौतामाई र उदयपुरगढी गाउँपालिकाको वडा नम्बर १ बाट मतगणना सुरु गरिएको थियो ।

उदयपुरमा जम्मा २ लाख २३ हजार १ सय ३८ मतदातामध्ये एकलाख ४० हजार ८ सय मत खसेको निर्वाचन कार्यालयले जानकारी दिएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *