झापाको कन्काईमा स्वतन्त्रको अग्रता, एमाले पछ्याउँदै
२०७९ वैशाख ३१ गते

विराटनगर । झापाको कन्काई नगरपालिकामा स्वतन्त्रले अग्रता लिएका छन् । स्वतन्त्र उम्मेदवारी दिएका शेरबहादुर थापाले ६८६ मत पाएका छन् ।
१५४९ मत गणना हुँदा स्वतन्त्र तर्फबाट उनले सबैभन्दा धेरै मत ल्याउँदै अग्रता लिएका हुन् । एमालेका राजेन्द्रकुमार पोखरेलले ४३६ मत ल्याउँदा नेपाली कांग्रेसका रुद्रप्रसाद चिमरियाले पछ्याउँदै १७० मत ल्याएका छन् ।
उपमेयरमा एमालेकी मञ्जु प्रसाईले ५९८ मत पाउँदा नेपाली कांग्रेसकी आशा शर्माले ४३६ मत ल्याउँदा राप्रपाकी सचित्रा खनालले ११० मत प्राप्त गरेकी छिन् ।
२०७९ वैशाख ३१ गते
प्रतिक्रिया
सम्बन्धित









