दाङको घोराही उपमहानगरमा गठबन्धनको अग्रता

काठमाडौँ । दाङको घोराही उपमहानगरपालिकाको प्रमुख पदमा गठबन्धनका उम्मेदवार नेकपा (माओवादी केन्द्र)का हेमराज शर्माले सुरुआती अग्रता लिएका छन्।

घोराहीमा ३१७ मतगणना हुँदा शर्माले १७२ मत प्राप्त गरेका छन्। नेकपा (एमाले)बाट प्रमुख पदमा उम्मेदवार नरुलाला चौधरीले १४५ मत प्राप्त गरेको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ।

त्यस्तै, उपप्रमुखमा गठबन्धनबाट उम्मेदवार नेपाली कांग्रेसका भुपबहादुर डाँगीले १८० मत र नेकपा (एमाले)का उम्मेदवार हुमा डिसीले १४० मत प्राप्त गरेका छन्। लुम्बिनी प्रदेश निर्वाचन कार्यालय दाङका अनुसार घोराही उपमहानगरपालिकामा वडा नं १४, १८ र १९ को मतगणना भइरहेको छ।

घोराही उपमहानगरपालिकामा कूल एक लाख १२ हजार ९२७ मतदाता रहेकामा ७६ हजार ५२९ अर्थात् ६७.७६ प्रतिशत मत खसेको थियो।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *