राजविराजको तीन पालिकामा मतगणना शुरू

काठमाडौँ । हिजो शुक्रबार सम्पन्न स्थानीय तह निर्वाचनअन्तर्गत् सप्तरीको तीनवटा पालिकामा मतगणना शुरू भएको छ।

जिल्ला निर्वाचन कार्यालयका अनुसार तिलाठी कोइलाडी गाउँपालिकामा मतगणना शुरू भएको छ। विष्णुपुर गाउँपालिकामा र सुरूङ्ग नगरपालिकामा समेत मतगणना शुरू भएको जनाइएको छ।

त्यस्तै, तिरहुत गाउँपालिकामा पनि सर्वदलीय बैठक सम्पन्न गरी बिहान १०ः३० देखि मतगणना सुरु भएको तर अन्य अधिकांश ठाउँमा पानी परेर मतगणनामा ढिलाइ भएको बताइएको छ।

राजविराज नगरपालिका–१२ को मतदान स्थगित भएको जनाइएको छ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *