मोरङको विराटनगर महानगरमा ६७ प्रतिशत मत खस्यो, कुन वडामा कति

विराटनगर । विराटनगर महानगरपालिकामा रहेको १ लाख ३३ हजार १४२ मत मध्ये ८९ हजार ६ सय ७८ मत खसेको छ।

कुल मतको ६७ दशमलब ३५ प्रतिशत मत खसेको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ। निर्वाचन अधिकृतको कार्यालयका अनुसार वडा नम्बर १ मा ५ हजार २९१, वडा नम्बर २ मा ३ हजार ९२५ मत खसेको छ। विराटनगर ३ मा ६ हजार ५६१ मत खस्दा, वडा नम्बर ४ मा ७ हजार ४५४, वडा नम्बर ५ मा ५ हजार ६९१ मत खसेको छ। वडा नम्बर ६ मा ७ हजार १९३ मत खस्यो भने वडा नम्बर ७ मा २ हजार ९१६ मत खसेको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ।

त्यस्तै, वडा नम्बर ८ मा ५ हजार ४१०, वडा नम्बर ९ मा ३ हजार ७४० मत खसेको छ भने वडा नम्बर १० मा ४ हजार ४६० मत खसेको कार्यालयले जनाएको छ। वडा नम्ब ११ मा ४ हजार ६३०, वडा नम्बर १२ मा ६ हजार १४९, वडा नम्बर १३ मा २ हजार ७१९ मत खसेको छ। वडा नम्बर १४ मा ४ हजार ७६४, वडा नम्बर १५ मा ५ हजार ५८३, वडा नम्बर १६ मा २ हजार ७८५, वडा नम्बर १७ मा ३ हजार ९०९ मत खसेको छ भने वडा नम्बर १८ मा ३ हजार ५४४ मत खस्दा वडा नम्बर १९ मा ३ हजार ५४४ जनाले मतदान गरेको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ।

यस्तै, विराटनगरमा अहिले सर्वदलीय बैठक बस्ने तयारी भइरहेको छ। बैठकले मतगणनाको बारेमा निर्णय गर्ने बताइएको छ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *