ताप्लेजुङमा ६५ प्रतिशतले गरे मतदान

विराटनगर । ताप्लेजुङमा ६४.७६ प्रतिशत मत खसेको छ।

जिल्लाका सबै पालिकाको तथ्यांक अनुसार ६४ दशमलव ७६ प्रतिशत मत खसेको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ। जिल्लामा रहेको ८९ हजार ६ सय ९० मतदातामध्ये ५७ हजार १४२ मत खसेको मुख्य निर्वाचन अधिकृत प्रकाश राउतले जानकारी दिएका छन्।

जिल्लाको सबैभन्दा धेरै मेरिङदेन गाउँपालिकामा ७० दशमलव ७७ प्रतिशत मत खसेको छ। ८ हजार ६ सय ३ मतदाता रहेकोमा ६ हजार ८९ मत खसेको छ। फुङलिङ नगरपालिकामा ६४ दशमलव १२ प्रतिशत मत खसेको छ। यो पालिका सबैभन्दा धेरै मतदाता रहेको पालिका हो। १७ हजार २ सय २ रहेकोमा ११ हजार ३१ मत खसेको मुख्य निर्वाचन अधिकृत राउतले जानकारी दिए।

जिल्लाको सबैभन्दा ठूलो गाउँपालिका फक्ताङलुङमा ६५ दशमलव ५३ प्रतिशत मत खसेको छ भने आठराई त्रिवेणी गाउँपालिकामा ६२ दशमलव ३२ प्रतिशत मत खसेको छ। मैवाखोला गाउँपालिकामा ६५ दशमवल १४ प्रतिशत मत खसेको छ भने पाथिभार याङवरक गाउँपालिकामा ६२ दशमलव ३ प्रतिशत मत खसेको छ।

त्यस्तै, सिदिङ्वा गाउँपालिकामा ६५ दशमलव ४७ प्रतिशत मत खस्दा सिरिजंगा गाउँपालिकमा ६२ दशमलव २२ प्रतिशत मत खसेको छ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *