देशभर मतदान सम्पन्न, ६४ प्रतिशत खस्यो -निर्वाचन आयोग

२०७९ वैशाख ३० गते

काठमाडौँ । आज शुक्रबार देशभर भएको स्थानीय तह निर्वाचनमा ६४ प्रतिशत मतदान भएको निर्वाचन आयोले बताएको छ।
आयोगका प्रमुख निर्वाचन आयुक्त दिनेश थपलियाले देशैभर ७५ प्रतिशत मत खस्ने अनुमान भएको भए पनि जम्मा ६४ प्रतिशत मतदान भएको प्रारम्भिक अनुमान गरिएको बताएका हुन्। उनले भनेका छन्, ‘निर्वाचन आयोगले अपेक्षा गरेअनुसार मतदान भएन कि भन्ने लागेको छ।’
धेरै मतदाता भएको ठाउँमा अपेक्षाविपरीत कम मात्र मत खसेको प्रमुख आयुक्त थपलियाले बताएका छन्।

२०७९ वैशाख ३० गते
प्रतिक्रिया
सम्बन्धित