उदयपुरको कटारीस्थित मतदान केन्द्रमा गोली चल्यो, १० वर्षीय बालकसहित दुई घाइते

विराटनगर । उदयपुरको कटारी १० स्थित कालिका मावि मतदान केन्द्रमा झडप भएको छ। झडपमा परी दुईजना घाइते भएका छन् । झडप भएपछि अवस्थालाई नियन्त्रणमा लिन प्रहरीले ८ राउण्ड गोली चलाएको छ ।

कटारी नगरपालिका वडा नम्बर १० कालिका मावि सोरूङ छविसे मतदान केन्द्रमा मतदान अन्तिम समयमा पुगेको बेला स्थानीयले बुथ कब्जा गर्न खोजेपछि प्रहरीले गोली चलाएको जिल्ला प्रहरी कार्यालय उदयपुरका प्रहरी उपरीक्षक सुभाषचन्द्र बोहोराले जानकारी दिए ।

प्रहरीको गोली लागेर स्थानीय एक व्यक्ति गम्भीर घाइते भएका छन् । प्रदेश प्रहरी कार्यालय विराटनगरका अनुसार प्रहरीको गोली लागेर एकजना घाइते भएका छन् भने एक जना प्रहरी पनि घाइते भएका छन् । स्थानीय २० वर्षीय प्रवीण कटुवाल अवस्था गम्भीर रहेको छ । १० वर्षीय बालकको खुट्टामा गोली लागि घाइते भएका छन् ।

घटनास्थल कटरी बजारबाट ३ घण्टा गाडीको दुरीमा रहेकाले थप विवरण आउन बाँकी छ । दुर्घम भएको कारण विस्तृत विवरण आउन बाँकी रहेको प्रदेश १ प्रहरी कार्यालयका एसपी नविन राईले जानकारी दिए । यस्तै चैनपुरमा बम बिस्फोट भएको छ । संखुवासभाको चैनपुर नगरनगरपालिका ४ स्थित बालज्योती आधारभूत बिद्यालय मतदान केन्द्र नजिकै बम बिस्फोट भएको हो ।

मतदान केन्द्र बिद्यालयको करिब २० मिटर नजिकै रहेको बाँसझ्याङमा ठुलो आवाज आएर पड्किएको प्रहरीले जनाएको छ। त्यसबाट कुनै क्षति नभएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *