बेलवारीमा १० जना किरियापुत्रीले गरे मतदान

काठमाडाैँ । मोरङको बेलवारी नगरपालिकाको लक्ष्मी मावि मतदान केन्द्रबाट १० जना किरियापुत्रीले मतदान गरेका छन् ।

पिताको स्वर्गारोहण भएको सातौँ दिनको कामकाजमा रहेकी बेलबारी नगरपालिकाकी उपमेयर ढाकाकुमारी पराजुली(तारा)सहित उनका परिवारले बेलबारी नगरपालिका ११ लक्ष्मीमार्गमा पुगेर मतदान गरेको हो ।

उपमेयर पराजुली सहित उनकी आमा धनमाया पराजुली, दाजुहरु शिव पराजुली, डिकेन्द्र पराजुली, किरण पराजुली, भाउजुहरु गङ्गा पराजुली, बिमला पराजुली, शर्मिला पराजुली, इन्दिरा पराजुली, बहिनी एकता पराजुली लगायत १० जनाको परिवारले मतदान गरेको हो ।

वैशाख २४ गते शनिबार ९० बर्षको उमेरमा पिता यदुनाथ पराजुलीको निधन भएको थियो । मतदान पछि प्रतिक्रिया दिँदै आफ्नो मताधिकारको प्रयोग गर्दै आफ्नो आफूले रोजेको उम्मेदवारलाई जिताउन आएको बताइन् । आस्था विचार नगुमोस् भनेर मतदान गरेको पराजुलीले प्रतिक्रिया दिइन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

9 + one =