मतदान अधिकृत कुटिएपछि सप्तरीको डाक्नेश्वरीमा मतदान सर्यो

काठमाडौँ । सप्तरीको डाक्नेश्वरी नगरपालिका मतदान अधिकृतमाथि आक्रमण भएपछि मतदान कार्यक्रम स्थगित भएको छ।

सप्तरीका एसपी आदि नारायण काफ्लेका अनुसार भोट हाल्न मद्दत मागेका एक वृद्धा मतदाताले भनेको चिह्नमा भोट नखसालेर अर्कैमा भोट हालिदिएको भन्दै एक समूहले मतदान अधिकृतमाथि आक्रमण गरेका हुन्। सो समूहले मतपेटिका तोडफोड गर्नुका साथै केही मतपत्र छरपस्टसमेत पारिदिएका कारण मतदान प्रक्रिया स्थगित भएको छ। पुनः मतदान गर्न आज सम्भव नदेखिएपछि सो केन्द्रमा जेठ १ गते आइतबार मात्र मतदान हुने भएको बताइएको छ।

आक्रमणकारीहरूले मतदानस्थलमा तोडफोडसमेत गरेका छन्। डाक्नेश्वर नगरपालिकाको वडा नम्बर २ स्थित हरिरबा जनता मावि मतदानस्थलका मतदान अधिकृत विपिन यादवमाथि आक्रमण भएको हो। आक्रमणका कारण घाइते भएका अधिकृत यादवको राजविराजस्थित एक अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *