मतपत्र देखाएका बाबुरामलाई आयोगले सोध्यो स्पष्टीकरण

काठमाडौँ । जनता समाजवादी पार्टी (जसपा)का संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराईलाई निर्वाचन आयोगले स्पष्टीकरण सोधेको छ।

आफूले मतदान गर्दा मत पत्रमा छाप लगाएको फोटो खिच्न लगाई सार्वजनिक गरेकोले गोप्य मतदानको खिलाप भएको भन्दै आयोगले उनलाई २४ घण्टाभित्र जवाफ पेश गर्ने गरी स्पष्टीकरण सोधेको हो ।

आयोगका कानुन अधिकृत मोहनराज जोशीले भट्टराईलाई २४ घण्टे स्पष्टीकरण सोधिएको जानकारी दिए ।

भट्टराईले शुक्रबार मतदानको क्रममा गृहजिल्ला गोरखाको पालुङटारमा मतदानको फोटो सार्वजनिक गरेका थिए ।

निर्वाचन (कसुर तथा सजाय) ऐन २०७३ को दफा ९ मा मत संकेत सार्वजनिक गर्न नहुने उल्लेख छ। मत संकेत सार्वजनिक गर्ने व्यक्तिलाई मतदान अधिकृतले १५ हजार रुपैयाँसम्म जरिवाना गर्न सक्ने दफा ९ को उपदफा २ मा व्यवस्था गरिएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

five + 17 =