विराटनगरकाे मतगणना ६ वटा कोठाबाट गर्ने तयारी

विराटनगर । प्रदेश १ को विराटनगर महानगरपालिका सहित १३७ पालिकामा अहिले मतदान जारी छ ।

करिब ५० प्रतिशत मतदान नभएको आकलन गरिएको भए पनि कतिपय ठाउँमा हावाहुरी र पानीको कारण समस्याहरू देखिए । विराटनगर महानगरपालिका सहित मोरङमा भने बिहान सामान्य वर्षाको कारण समस्या भए पनि अहिले शान्तिपूर्ण रूपमा मतदान भइरहेको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ।

मुख्य निर्वाचन अधिकृत भरत लम्सालका अनुसार आज मत पत्र प्राप्त भएपछि दलहरूसँग बैठकपछि मतगणना आज गर्ने/नगर्ने भन्ने टुंगो लाग्नेछ । मत गणनाको बारेमा हामीले विराटनगर महानगरपालिकाका मुख्य निर्वाचन अधिकृत भरत लम्साललाई मत गणनाको तयारीको बारेमा कुराकानी गरेका छौँ ।

मत गणनाको तयारी के हुँदैछ ?

महानगरपालिकाको मतगणना आदर्श माध्यमिक विद्यालयमा हुँदैछ । सिसि क्यामेरा, तारजाली लगाउने काम पुरा भएको छ। कार्पेटिंग र म्याट्रेस राख्ने काम पुरा भएर तयार भएको छ । करिब मत गणना स्थल तयार भएको छ। मत गणनाको लागि आवश्यक पर्ने फारम र अनुसूचीहरू, पर्याप्त नहुने, काम नलाग्ने खालको हुने भए पनि प्रेसमा छपाउन दिइएको थियो त्यो आइसकेको छ। निर्वाचन आयोगले उपलब्ध गराएको फारममा काम गर्न असजिलो हुने भए पनि छपाउन दिएको हो । कतिपयलाई कम्प्युटरबाट आकार दिएर ठूलो आकार दिएर बनाउने काम भएको छ। मत गणनाको तयारी सकेको छ ।

मत गणनाका लागि कर्मचारी छनौट, जनप्रतिनिधिको मतगणना प्रतिनिधि नियुक्ति, मत गणना गर्नु अघि गर्नु पर्ने दलहरूको बिचमा सर्वदलीय बस्ने बाहेकका भौतिक रूपमा तयार पार्नु पर्ने काम पुरा भएको छ।

मतगणना स्थललाई सुरक्षित राख्न तयारी के हुँदैछ ?

हामीलाई सुरक्षा दिने भनेको सुरक्षा निकायले नै हो । ४ वटै सुरक्षा निकायसँग निरन्तर संवाद भएको छ। शान्तिपूर्ण रूपमा मतगणना गर्ने बारेमा योजना अनुसारको सुरक्षा रणनीति बनाइएको छ। मतगणना स्थललाई सुरक्षा दिनको लागि सबै तयारी भएको छ। निरन्तर सुरक्षा निकायसँग समन्वय र संवाद भइरहेको छ। मतदान र मतगणनालाई सुरक्षित गर्न अनावश्यकलाई प्रवेश नदिने, मत गणनामा एक दलको १ जनालाई मात्र प्रवेश दिने । २ जनलाईसम्म मत गणना प्रतिनिधिलाई पास दिने तयारी छ ।

६ वटा कोठामा मत गणनाको तयारी भएको छ । त्यसको लागि जनशक्ति उपलब्ध गयो भने ६ वटा समूह बन्ने छ,

मत गणना कहिले सुरु हुन्छ ?

हामी तयारीमा छौँ । उम्मेदवारहरू उपस्थित नभएमा, विवाद भएमा, सबैतिर मतदान सम्पन्न नभएको अवस्थामा ढिला हुन सक्ने हो की भनने हो, यदि सबै मिलेको अवस्थामा अरू हिसाबबाट सहज रूपमा मतगणना सुरु हुनेछ । सबैतिरबाट मत पेटिका आयो भने, सर्वदलीय बैठक, कर्मचारी व्यवस्थापनमा समस्या नभएमा साँझदेखि नै मत गणना सुरु गर्ने हाम्रो योजना छ ।

कर्मचारी अभाव भएको अवस्थामा पनि दुई वटा समूहमा मात्र भए पनि साँझदेखि मत गणना सुरु गर्न सकिन्छ कि भन्ने हो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *