उद्योगी–व्यवसायीले यसरी गरे मतदान

काठमाडौँ। देशका ठूला उद्योगी व्यवसायीले पनि स्थानीय तह निर्वाचनमा उत्साहपूर्ण तरिकाले भाग लिएका छन् ।

उद्योगपति बिनोद चौधरीले स्थानीय तह निर्वाचनमा मतदान गरेका छन् । उनले नवलपुर जिल्लाको देवचुली नगरपालिका–२ को दिव्य युवा समाज भटक मतदान केन्द्रमा मतदान गरेका हुन् ।

नेपाल उद्योग वाणिज्य महासंघका पूर्व अध्यक्ष पशुपति मुरारकाले पनि मतदान गरेका छन् । काठमाडौँ महानगरपालिकाका मतदाता मुरारकाले थापाथलीको गुहेश्वरी माविबाट भोट हालेका छन् ।

नेपाल उद्योग वाणिज्य महासङ्घका वरिष्ठ उपाध्यक्ष चन्द्रप्रसाद ढकालले काठमाडौँमा मतदान गरेका छन् । वरिष्ठ उपाध्यक्ष ढकालले काठमाडौँ महानगरपालिकाको विशालनगर मतदान केन्द्रबाट मतदान गरेका हुन्।

नबिल बैंकका प्रमुख कार्यकारी अधिकृत अनिल शाहले मतदान गरेका छन् । सामाजिक सञ्जाल फेसबुकमार्फत मतदान गरेको जानकारी दिँदै उनले सबैलाई मत हाल्न आह्वानसमेत गरेका छन् ।

 

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *