१०३औँ जन्मदिन मनाउँदै संस्कृतिविद् जोशी, मतदान नगर्ने

काठमाडौँ । संस्कृतिविद् एवं वाङ्मय शताब्दी पुरुष सत्यमोहन जोशीले आज शुक्रबार १०३औँ जन्मदिन परिवारिक रूपमा मनाएका छन्।

जन्मदिनकै दिन नै स्थानीय तहको निर्वाचन परेको र सवारी साधन आवतजावतमा समस्या भएकाले उनले आफ्नो पारिवारका सीमित सदस्यबीच जन्मदिन मनाएका उनका माहिला छोरा हेमन्तले जानकारी दिएका छन्। साथै, केही दिनदेखि स्वास्थ्यमा समस्या आइरहेका कारण उनी मतदान गर्न नजाने पनि छोरा हेमन्तले बताएका छन्।

१०३ वर्षीय संस्कृतिविद् जोशीलाई केही दिनदेखि श्वासप्रश्वासको समस्याका कारण अक्सिजन दिइराखिएको उनको परिवारले जानकारी दिएको छ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *