शीर्ष नेताहरुको मतदान (तस्विरहरु)

 

काठमाडौँ । स्थानीय तह निर्वाचनअन्तर्गत शुक्रबार भएको मतदान कार्यक्रममा राजनीतिक दलका सबैजसो शीर्ष नेताले उत्साहजनक रुपमा सहभागिता जनाएका छन् । सबैजसो नेताले आफ्नो स्थायी वा गृह नगर तथा पालिकाहरुमा रहेको मतदान केन्द्रमा पुगेर मतदान गरेका छन् ।

हेर्नुहोस् तस्बिरमा शीर्ष नेताहरुले गरेको मतदानको दृष्य :

गगन थापाले गरे मैतीदेवीबाट मतदान
एमाले अध्यक्ष ओलीले गरे भक्तपुरबाट मतदान
रौतहटको गौरबाट भोट हाल्दै माधव नेपाल
पूर्वप्रधानमन्त्री डा. भट्टराईद्वारा गोरखामा मतदान
नेपाली काङ्ग्रेसका नेता डा शेखर काेइरालाले विराटनगरमा रहेको आदर्श माध्यमिक विद्यालय (क)मतदान केन्द्रबाट मतदान गरेका छन् ।
नेकाका नेता निधि मतदान गर्दै नेपाली काँग्रेसका नेता विमलेन्द्र निधि धनुषाको नगराइन माविको मतदान केन्द्रबाट मतदान गर्दै ।
सांसद बस्नेत मतदान गर्दै स्थानीय तहको निर्वाचनमा सूर्यविनायक नगरपालिका–७ को वडा कार्यालय गुण्डूको मतदान केन्द्रमा मतदान गर्दै सांसद महेश बस्नेत ।
प्रमुख पदका स्वतन्त्र उम्मेदवार शाह मतदान गर्दै स्वतन्त्रका प्रमुख पदका उम्मेदवार बालेन्द्र साह, काठमाडौँ– ९, अन्नपुर्ण इ. इस्कुल गैरिगाँउ मतदान केन्द्रमा मतदान गर्दै ।
प्रम देउवाद्वारा मतदान प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा डडेल्धुराको गन्यापधुरा–१, रूवाखोलास्थित असिग्राम माविमा मतदान गर्दै ।
वरिष्ठ नेता पौडेल मतदान स्थानीय तह निर्वाचनका लागि शुक्रबार तनहुँको व्यास नगरपालिका–२ स्थित सत्यवती मावि मतदान केन्द्रबाट मतदान गर्दै नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल ।
मतदान गर्दै नेमकिपाका अध्यक्ष बिजुक्छे नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छे भक्तपुर नगरपालिका–५ स्थित विद्यार्थी निकेतन माध्यामिक विद्यालय साकोठाको मतदानस्थलमा मतदान गर्दै ।
मतदान गर्दै मन्त्री बडू महाकाली नगरपालिका –५ को अपि नाम्पा संरक्षण क्षेत्र कार्यालयको मतदान केन्द्रमा मतदान गर्दै उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री दिलेन्द्रप्रसाद बडू ।
मतदान गर्दै एमाले उपाध्यक्ष पाण्डे राप्ती नगरपालिका –५, भण्डारा अस्पतालको मतदान केन्द्रबाट मतदान गर्दै नेकपा (एमाले) का उपाध्यक्ष सुरेन्द्र पाण्डे ।
मतदान गर्दै सांसद शर्मा दाङको तुलसीपुर उपमहानगरपालिका–१२ स्थित पशुपति मावि हरिपौराबाट मतदान गर्दै राष्ट्रियसभा सदस्य जगप्रसाद शर्मा ।
मतदान गर्दै निर्वाचन आयुक्त पौड्याल टीका विद्याआश्रम ललितपुरमा मतदान गर्दै निर्वाचन आयुक्त इश्वरीप्रसाद पौड्याल ।
मुख्यमन्त्री राउत मधेश प्रदेशका मुख्यमन्त्री लालबाबु राउत गद्दी गृह जिल्ला पर्सा वीरगन्ज महानगरपालिका वडा नं १३ मा रहेको खाद्य संस्थानको मतदानस्थलमा शुक्रबार मतदान अघि पत्रकारसँग प्रतिक्रिया दिँदै । मुख्यमन्त्री राउतवले सोही मतदान केन्द्रमा मतदान गरेका छन् ।
मतदान गर्दै नेका महामन्त्री शर्मा नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्मा झापाको गृहनगर मेचीनगर नगरपालिकास्थित कविशिरोमणि मावि मतदान केन्द्रमा मतदान गर्दै।
प्रदेश सभाका सांसद थापा मतदान गर्दै सूर्यविनायक नगरपालिका–१ सिरुटार मतदान केन्द्रमा स्थानीय तहको निर्वाचनमा मतदानका गर्दै वागमती प्रदेश सभाका सांसद शशीजंग थापा ।
चिरीबाबु महर्जन– मतदान ललितपुर महानगरपालिकाका प्रमुख पदका उम्मेदवार चिरीबाबु महर्जन ललितपुर महानगरपालिका–३ स्थित मोडल आइडल विद्यालयमा रहेको मतदान केन्द्रमा मतदान गर्दै ।
मतदान गर्दै एमाले नेता पौडेल नेकपा एमालेका उपाध्यक्ष बिष्णुप्रसाद पौडेल स्थानीय तहको निर्वाचन २०७९ का लागि शुक्रबार बुटवल उपमहानगरपालिका वार्ड नं ८ स्थित मतदान केन्द्रमा मतदान पश्चात मतपेटिकामा मतपत्र खसाल्दै ।
मतदान गर्दै भरतपुर महानगरको प्रमुख पदका उम्मेदवार दाहाल भरतपुर महानगरपालिका–१४ मा रहेको आधारभूत विद्यालय सुन्दरबस्तीको मतदान केन्द्रबाट मतदान गर्दै भरतपुर महानगरपालिकाको प्रमुख पदका उम्मेदवार रेनु दाहाल ।
मतदान गर्दै अध्यक्ष दाहाल नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ भरतपुर महानगरपालिका– १४ मा रहेको नेपाल पुलिस स्कुल मतदान केन्द्रमा स्थानीय तह निर्वाचनको उम्मेदवारलाई मतदान गर्दै ।
मतदान गर्दै मन्त्री खाँण गृहमन्त्री बालकृष्ण खाँण रुपन्देहीको तिलोत्तमा — ८ स्थित ज्योति आधारभूत विद्यालयमा रहेको मतदान केन्द्रमा मतदान गर्दै ।
प्रमुखका उम्मेदवार सिंहद्वारा मतदान काठमाडौँ महानगरपालिकाको प्रमुखका उम्मेदवार सिर्जना सिंह काठमाडौँ महानगरपालिका–१६, पकनाजोलस्थित नेपाल युवक माध्यामिक विद्यालयमा रहेको मतदान केन्द्रमा मतदान गर्दै ।
मतदान गर्दै नेका नेता सिंह नेपाली कांग्रेसका नेता प्रकाशमान सिंह काठमाडौँ महानगरपालिका–१६, पकनाजोलस्थित नेपाल युवक माध्यामिक विद्यालयमा रहेको मतदान केन्द्रमा मतदान गर्दै ।
गठबन्धनका तर्फबाट प्रमुख पदका उम्मेदवार आचार्य मतदान पोखरा महानगरपालिकामा गठबन्धनका तर्फबाट प्रमुख पदका उम्मेदवार धनराज आचार्य पोखरा–३३ स्थित शान्ति उदय मावि मतदान केन्द्रमा मतदान गर्दै ।
कामपा प्रमुखका उम्मेदवार स्थापितद्वारा मतदान बागबजारस्थित पद्मकन्या क्याम्पसमा रहेको मतदान केन्द्रमा मतदान गर्दै काठमाडौँ महानगरपालिकाको प्रमुखका उम्मेदवार केशव स्थापित ।
मतदान गर्दै मन्त्री भुसाल ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसाल स्थानीय तह निर्वाचनका उम्मेदरवारलाई ललितपुर महानगरपालिका वडा नं २ को रामन्दिरस्थित राजतीर्थ ‘ख’ मतदान केन्द्रमा मतदान गर्दै ।
मतदान गर्दै प्रमुख निर्वाचन आयुक्त थपलिया भक्तपुरको मध्यपुर थिमि नगरपालिका –१ स्थित उपस्वास्थ्य चौकीमा रहेको मतदान केन्द्रबाट स्थानीय तह निर्वाचनको उम्मेदवारलाई मतदान गर्दै प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलिया ।
मतदान गर्दै पूर्वअध्यक्ष रेग्मी स्थानीय तह निर्वाचनका उम्मेदवारलाई मतदान गर्न शुक्रबार काठमाडौँको मध्यबानेश्वरस्थित सानो गौचरन हाइटमा रहेको मतदान केन्द्रमा पुग्नुभएका मन्त्रिपरिषद्का पूर्वअध्यक्ष खिलराज रेग्मी ।

तस्बिर : रासस

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *