एमाले-माओवादी कार्यकर्ताको झडपमा खुकुरी चल्यो, वाईसीएलका नेतासहित दुई घाइते

काठमाडौँ । बाँकेको कोहलपुरस्थित एक मतदान केन्द्रमा दुई पक्षबीच झडप हुँदा खुकुरी प्रहार भएको छ । कोहलपुर नगरपालिकाको कौशिल्यानगरमा माओवादी केन्द्र र एमाले कार्यकर्ताबीच झडप भएको हो ।

झडपका क्रममा खुकुरी प्रहार हुँदा दुवै पक्षका एक/एक जना घाइते भएका छन् । खुकुरी प्रहारबाट पार्टी निकट योङ कम्युनिष्ट लिग (वाईसीएल)का नेता राजु शाही र एमालेका विजय थापा घाइते भएको हुन् ।

दुवै घाइतेहरुको नेपालगञ्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरमा उपचार भइरहेको इलाका प्रहरी कार्यालय कोहलपुरका डिएसपी ऐनबहादुर मल्लले जानकारी दिए । उनकाअनुसार अहिले भने मतदान शान्तीपूर्ण रुपमा भइरहेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *