मधेस प्रदेशका मुख्यमन्त्री राउतद्वारा वीरगञ्जमा मतदान

काठमाडौँ । मधेस प्रदेशका मुख्यमन्त्री लाल बाबुराउतले वीरगञ्ज महानगरपालिका–१३ स्थित खाद्य संस्थान लिमिटेडको मतदानस्थबाट मतदान गरेका छन्।

मतदानपछि सञ्चारकर्मीसँग कुराकानी गर्दै उनले लोकतन्त्रको मेरुदण्डका रूपमा निर्वाचन रहेकाले निर्धक्क भई मतदानमा भाग लिन मतदातालाई आह्वान गरेका छन्।

वीरगञ्ज महानगरपालिकाका मुख्य प्रतिस्पर्धी मेयर तथा उपमेयर सहितका उम्मेदवारले मतदान गरेका छन्। नेकपा (एमाले) र लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) संयुक्त गठबन्धनबाट उम्मेदवार विजयकुमार सरावगीले वीरगञ्ज महानगरपालिका–१३ मा रहेको खाद्य संस्थान लिमिटेडस्थित मतदानस्थलबाट मतदान गरेका छन्।

यसैगरी, सत्ता गठनबन्धक नेपाली कांग्रेस , राष्ट्रिय जनता पार्टी (राजपा), नेकपा (माओवादी केन्द्र) तथा नेकपा एकीकृत समाजवादी (एस)को तर्फबाट संयुक्त उम्मेदवार राजेशमान सिंहले वीरगञ्ज महानगरपालिका–३ मा मालपोतमा रहेको मतदान केन्द्रबाट मतदान गरेका छन् भने राप्रपाको तर्फबाट उम्मेदवार बनेका गिरिस गिरीले वीरगञ्ज महानगरपालिका–९ स्थित नेपाल रेल्वे माध्यमिक विद्यालयमा मतदान गरेका छन्।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *