हुम्लाको चंखेलीमा झडप, मतदान अधिकृतसहित दुई घाइते
२०७९ वैशाख ३० गते

हुम्ला । हुम्लाको चंखेली गाउँपालिका–२ स्थित महादेव मतदान केन्द्रमा झडप भएको छ ।
झडपमा परी मदतान अधिकृत कृष्णप्रसाद आचार्य र कार्यालय सहयोगी घाइते भएको जिल्ला प्रहरी कार्यालय हुम्लाले जनाएको छ ।
पाँचदलीय गठबन्धन र स्वतन्त्र उम्मेदवार पक्षका समर्थकबीच झडप भएको हो । झडपलाई नियन्त्रणमा लिन प्रहरीले ८ राउन्ड अश्रृग्यास प्रहार गरेको जनाएको छ ।
हाल मतदान कार्यक्रम स्थगित भएको प्रहरीले जनाएको छ ।
२०७९ वैशाख ३० गते
प्रतिक्रिया









