कपिलवस्तुमा एक उम्मेदवारको मृत्युका कारण मतदान सर्यो

काठमाडौँ । देशैभर आज वैशाख ३० गते मतदान भइरहँदा कपिलवस्तुको महाराजगञ्ज नगरपालिकामा भने मतदान कार्यक्रम सरेको छ।

प्रमुख निर्वाचन आयुक्त दिनेश थपलियाले देशभरका ७५३ मध्ये ७५२ स्थानीय तहमा मतदान भइरहेको बताउँदै कपिलवस्तुको महाराजगञ्ज नगरपालिकामा भने मतदान सरेको बताएका हुन्। आयुक्त थपलियाका अनुसार उक्त नगरपालिकामा एकजना उम्मेदवारको देहान्त भएका कारणले मतदान कार्यक्रम जेठ ३ गतेका निम्ति सारिएको हो।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *