पोखराका मेयर र उपमेयरका उम्मेदवारले गरे मतदान

पोखरा । स्थानीय तहअन्तर्गत पोखरामा मतदान सुरु भएको छ । गठबन्धनका मेयर उम्मेदवार र धनराज आचार्यले पोखरा ३३ शान्ति उदय माविबाट मतदान गरेर सुरुवात गरेका छन् । यस्तै, एमाले उम्मेदवार कृष्ण थापाले पनि पोखरा १६ बाटुलेचौर स्थित विन्ध्यावासिनी मावि मतदान केन्द्रबाट पहिलो मतदान गरेका हुन् । अटेरी उम्मेदवार गनेस पौडेलले मझेरीपाटनको रामेश्वरी मावि मतदान केन्द्रमा मतदान गरिसकेको बताएका छन् ।
यता, पोखरा ८ को राम आधारभुत स्कुल मतदान केन्द्रबाट एमाले उपमेयर उम्मेद्वार मन्जुदेवी गुरुङले मतदान गरेकी छिन् । कांग्रेस उम्मेदवार कोपीला रानाभाटले पोखरा २६ को भवानी कालिका मावि मतदान केन्द्रबाट मतदान गरेकी छिन् । पोखरामा एमाले र सत्ता गठबन्धनको उम्मेदवार छन् ।
मेयरमा एमालेबाट कृष्ण थापा र गठबन्धनबाट एकीकृत समाजवादीका धनराज आचार्य उम्मेद्वार बनेका हुन् । उपमेयरमा एमालेकी मन्जु गुरुङले दोहो¥याउँदा गठबन्धनबाट कांग्रेस नेतृ कोपिला रानाभाट मैदानमा छिन् ।
यसअघिको निर्वाचनमा एमालेका मानबहादुर जिसीले कांग्रेसका उम्मेदवार स्व. रामजी कुवँरलाई करिव १४ हजार मतान्तरले हराए भने उपमेयरमा मन्जुदेवी गुरुङले कांग्रेसकी सरस्वती गुरुङलाई १२ हजार मतान्तरले हराएकी थिइन् ।
यसपछि ३९ हजार मतदाता नयाँ थपिएका छन् । ०७४ मा १ लाख ६८ हजार मतदाता रहेकोमा अहिले २ लाख ७ हजार पुगेका छन् ।









