सुर्खेतका विभिन्न मतदान केन्द्रमा मतदाताको लाइन (तस्वीरसहित)

सुर्खेत । आज वैशाख ३० गते देशैभर स्थानीय तहको निर्वाचन भइरहेको छ। देश संघीयतामा गएपछि दोस्रोपटक स्थानीय तहको निर्वाचन हुन लागेको हो।

देशभरको ७५३ वटा स्थानीय तहसँगै सुर्खेतका ९ वटै पालिकामा एकैपटक निर्वाचन भइरहेको छ। पाँचवर्षपछि हुन लागेको स्थानीय तहको निर्वाचनमा मतदाता पनि उत्साहित देखिएका छन्।

बिहान ७ बजेदेखि सुरु भएको मतदानका लागि मतदाताहरू बिहानै ५ बजेदेखि मतदानकेन्द्रमा पुगिसकेका थिए। दिउँसो धेरै भीड हुने र पानी पर्ने जस्ता समस्या आउन सक्ने भएको हुँदा पनि बिहानै ५ बजेबाटै मतदान केन्द्रमा मत हाल्न मतदाता लाइनमा उभिएको उनीहरूको भनाइ छ।

सुर्खेत जिल्लाभर २९१ मतदान केन्द्र र १३८ वटा मतदानस्थल रहेका छन् भने कुल मतदाता दुई लाख ३८ हजार चार सय ५७ रहेका छन्। जसमा महिला एक लाख २२ हजार एक सय २१ र पुरुष एक लाख १६ हजार तीन सय ३६ रहेका छन्। प्रदेश राजधानीसमेत रहेको सुर्खेतका नौ स्थानीय तहका लागि प्रमुख र अध्यक्षमा ६१ जनाको उम्मेदवारी दर्ता हुँदा उपप्रमुख र उपाध्यक्षमा ५२ जनाले उम्मेदवारी दिएका छन्।

९९ वडा रहेको सुर्खेतमा चार सय ६० जना वडाध्यक्ष, तीन सय ८६ महिला सस्यमा, तीन सय ४० दलित सदस्य र सात सय ८५ खुला सदस्यका उम्मेदवार चुनावी मैदानमा छन्।
तस्वीरहरूः
No description available.
No description available.
No description available.

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *