नबिल बैंकसँग गाभिने प्रक्रिया अघि नबढाउन एनबी बैंकलाई सर्वोच्चको आदेश

काठमाडौँ । नविल बैंकले प्राप्ति(एक्विजिशन) गर्ने प्रक्रियामा रहेको नेपाल बंगलादेश(एनबी) बैंकलाई एक्विजिशन अघि नबढाउन सर्वाेच्च अदालतले अल्पकालिन अन्तरिम आदेश दिएको छ ।

दिवेश्वरी ईन्भेष्टमेण्ट प्रालि तथा नेपाल पावर डेभलपमेण्ट एण्ड ईन्भेष्टमेन्ट कम्पनी प्रालिले दिएको उत्प्रेषणको मुद्दामा सुनुवाई गर्दै सर्वोच्च अदालतका न्यायाधीश बमबहादुर श्रेष्ठको एकल इजलासले यस्तो आदेश दिएको हो ।

अदालतले एनबी बैंकलाई जेठ ३ जेठ गते अल्पकालिन आदेशलाई निरन्तरता दिने वा नदिने भन्नेबारे जवाफ दिन र एक्विजिशन गर्नुपर्ने कारण देखाउन बोलाएको छ ।

नबिल बैंकसँग एक्विजेशन प्रक्रिया रोक्न माग गर्दै दिवेश्वरी ईन्भेष्टमेण्ट प्रालिले वैशाख १९ गते तथा नेपाल पावर डेभलपमेण्ट एण्ड ईन्भेष्टमेन्ट कम्पनी प्रालिले वैशाख २२ गते रिट दायर गरेका थिए ।

रिट निवेदकले नियामक निकाय नेपाल धितोपत्र बोर्ड, नेपाल स्टक एक्स्चेन्ज लि, सिडिएस एण्ड क्लियरिङ लिमिटेड, नेपाल राष्ट्र बैंक, नेपाल बंगलादेश बैंक, नेपाल बंगलादेश बैंक लिका सञ्चालक समिति, नविल बैंक र नविल बैंक लिका सञ्चालक समिति विरुद्ध रिट दायर हुन् ।

नबिल बैंक र एनबी बैंकले ७ जेठमा एक्विजेशनबारे निर्णय पारित गर्न विशेष साधारणसभा बोलाएका थिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *