बाबुराम र नारायणकाजीले गोरखाबाट मतदान गर्दै

काठमाडौँ । जनता समाजवादी पार्टीका संघीय परिषद् अध्यक्ष एवं पूर्व प्रधानमन्त्री बाबुराम भट्टराईले गोरखाबाट मतदान गर्ने भएका छन् ।

त्यस्तै, नेकपा माओवादी केन्द्रका वरिष्ठ नेता एवं पूर्व उपप्रधानमन्त्री नारायणकाजी श्रेष्ठले पनि गोरखाबाट मतदान गर्दै छन् ।

बाबुराम भट्टराईले गोरखाको पालुङटार नगरपालिका–१ को अन्नपूर्ण माध्यमिक विद्यालयबाट मतदान गर्ने छन् । श्रेष्ठले गोरखाको सिरानचोक गाउँपालिका ८ स्थित परोपकार माध्यमिक विद्यालयबाट मतदान गर्ने भएका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

sixteen − 16 =