थप ४ जनामा कोरोना संक्रमण, १८ निकाे

काठमाडाैँ । नेपालमा थप ४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

देशभर गरिएको २ हजार ४ सय ६३ पिसिआर परिक्षणका क्रममा ४ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

त्यस्तै, ३ सय ५४ एन्टीजेन परिक्षणका क्रममा भने कसैमा पनि कोरोना पुष्टि नभएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । कोरोनाका कारण बिहीबार पनि कसैको मृत्यु नभएको मन्त्रालयले जनाएको छ ।

त्यस्तै, थप १८ संक्रमित निको हुँदा हालसम्म नेपालमा ९ लाख ६६ हजार ८ सय ५७ जना निको भएका छन् ।

हाल नेपालमा १ सय ७३ सक्रिय संक्रमित आइसाेलेसनमा रहेको मन्त्रालयले जनाएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *