जेठबाट बैंक तथा वित्तीय संस्था साढे ९ देखि साढे ५ बजेसम्म खुल्ने

काठमाडौँ । जेठदेखि बैंक तथा वित्तीय संस्था बिहान साढे ९ बजेदेखि बेलुकी साढे ५ बजेसम्म खुल्ने भएका छन् ।

सरकारको निर्णय अनुसार राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थालाई एक सर्कुलर जारी गर्दै उक्त व्यवस्था अनुसार सेवा सञ्चालन गर्न निर्देशन दिएको छ ।

राष्ट्र बैंकको सर्कुलर अनुसार बैंक तथा वित्तीय संस्था, पूर्वाधार विकास बैंक र नेपाल क्लियरिङ हाउस बिहान साढे नौ बजेदेखि बेलुकी साढे ५ बजेसम्म खुल्ने भएका हुन् ।

त्यस्तै, साताको दुई दिन शनिबार र आइतबार बिदा हुने छ । त्यस्तै, दशैँ र तिहारबाहेक अन्य पर्वमा लगातार दुई दिनभन्दा बढी बिदा पर्ने भए अत्यावश्यक बैंक सेवा नियमित गर्न कर्मचारी खटाउन सकिने जनाएको छ ।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *