निर्वाचनको पूर्वतयारी : परिचयपत्र बाँड्नेदेखि त्रिपाल गाड्नेसम्म (तस्वीर)

काठमाडाैँ । देशभरि स्थानीय तहको चुनावको चर्को तयारी चलिरहेको छ । मतदान गर्न एक दिन मात्रै बाँकी हुँदा मतदान केन्द्रमा सुरक्षाकर्मी, मतदान अधिकृत र अन्य कर्मचारीको चहलपहल देखिएको छ ।

भाेलि मत खसाल्न परिचयपत्र लिनेहरूको भिड पनि त्यत्तिकै छ ।

काठमाडौँ महानगरको वडा नं १२ मा तयारी अन्तिम चरणमा पुगेको सहायक मतदान अधिकृत अर्जुन भुसालले जानकारी दिए । उनले भने, ‘हामीले मतपेटिका सुरक्षाको लागि त्रिपाल टाँग्ने व्यवस्था गरेका छौ । पानी पर्यो भने मतदाताहरू चाहिँ भिज्नुहुन्छ । ठाउँ पनि साँघुरो छ । बिहानको समयमा मौसम सफा भयो भने धेरै मत बिहानै खसाल्नेगरी व्यवस्था मिलाउदै छौँ ।’

सोही केन्द्रका मतदान अधिकृत गेहनाथ गौतमले अशक्त र अपाङ्गता भएका व्यक्तिहरूको लागि मात्रै भनेर छुट्टै तयारी केही नगरिएको भए पनि त्यस्ता व्यक्तिहरूले मत खसाल्न पहिलो प्राथमिकता पाउने बताए । काठमाडौँको वडा नं १२ मा १९७१ जना मतदाता रहेका छन् ।

‘मतदाताको सुरक्षाको लागि भने स्थानीय तहले कुनै व्यवस्थापन गरेको छैन’, वडा नं १२ कै अर्को मतदान केन्द्रका अधिकृत विमल भट्टराईले जानकारी दिए ।

भाेलि ३० गते बिहान ७ बजेदेखि सुरु हुने मतदान बेलुका ५ बजेसम्म चल्नेछ । ५ बजेभन्दा पछि मतदान केन्द्रमा पुग्ने मतदाताले भोट खसाल्न पाउने छैनन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *