सीमानाका सुनसान, ७२ घण्टाका लागि बन्द

काठमाडाैँ । नेपाल–भारत सीमानाका जमुनाहा यतिबेला सुनसान छ । मंगलबार मध्यरातबाट बन्द भएको नेपाल भारत सीमानाका आवतजावतमा रोक लगाएपछि सुनसान देखिएको हो ।

नेपालमा शुक्रवार वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनलाई मध्यनजर गरी नेपाल–भारत सीमानाका ७२ घण्टाका लागि बन्द गरिएको बाँकेका प्रमुख जिल्ला अधिकारी सूर्यबहादुर खत्रीले बताए ।

उनले नेपाल–भारत नाका ३० वैशाख गते राति १२ बजेपछि सञ्चालनमा आउने बताए । स्थानीय तह निर्वाचनलाई स्वच्छ, निष्पक्ष, भयरहित र शान्तिपूर्ण रूपमा सम्पन्न गर्न भारतसँग सीमा जोडिएका सीमानाका बन्द हुने उनले बताए । निर्वाचनलाई असर गर्ने मनसायले भारतबाट साना हतियार ओसार पसार हुन सक्ने सम्भावनालाई मध्यनजर गरी नाकामा कडाई गरिएको प्रशासनले जनाएको छ ।

स्थानीय तह निर्वाचनका लागि बाँकेमा ४ हजार बढी नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरी परिचालन गरिएको छ ।

बाँकेमा १ सय ३६ मतदान केन्द्र र ३ सय ७९ मतदान स्थल रहेका छन । बाँकेका १ सय ३६ मतदान केन्द्र मध्ये १ सय ६ मतदान केन्द्र अति नै संवेदनशील भएको र ३० मतदान केन्द्र संबेदनशिल रहेको सुरक्षा विश्लेषण गरी त्यसै अनुरूप सुरक्षा प्रबन्ध मिलाईएको प्रमुख जिल्ला अधिकारी खत्रीले बताए ।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *