दुई युवकको छुट्टाछुट्टै नदीमा डुबेर मृत्यु

काठमाडौँ । दुई छुट्टाछुट्टै स्थानमा दुईजनाको नदीमा डुबेर मृत्यु भएको छ।

कैलालीको धनगढी उपमहानगरपालिका-१ शिवनगर बस्ने ३५ वर्षीय ऐन बहादुर कार्कीको सोही नगरपालिका-९ स्थित खुटिया नदीमा डुबेर हिजो बुधबार साँझ मृत्यु भएको छ। छिमेकीसँग उक्त नदीमा नुहाउन गएको अवस्थामा अचानक डुबेर अशक्त भएका कार्कीको सेती प्रादेशिक अस्पताल धनगढीमा उपचारको क्रममा मृत्यु भएको हो। 

त्यस्तै, रुपन्देहीको सिद्धार्थनगर नगरपालिका-३ बस्ने २६ वर्षीय मोहित तामाङको हिजो बुधबार नै नदीमा डुबेर मृत्यु भएको छ। सोही नगरपालिका-६ होटल पौवानजिकै पोखरीमा पौडी खेल्ने क्रममा डुबेर अशक्त भएका उनको मेडिकल कलेज  भैरहवामा उपचारको क्रममा मृत्यु भएको हो।

घटनाका बारेमा प्रहरीले आवश्यक अनुसन्धान जारी रहेको जनाएको छ।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *