ताप्लेजुङमा मतदान गर्न घर हिँडेका युवा मृतावस्थामा फेला

काठमाडौँ । ताप्लेजुङको मिक्वाखोला गाउँपालिका–१ दुम्जाका एक युवक मृतावस्थामा फेला परेका छन्।

बुधबार साँझ दोभानबाट आफ्नो घर खोक्लिङतर्फ गएका २४ वर्षीय विमल कार्की मृतावस्थामा फेला परेका हुन्। जेसिबी अपरेटरका रूपमा काम गर्दै आएका उनी मतदानका लागि छुट्टी लिएर घरतर्फ गएका थिए। बेलुकासम्म परिवारसँग सम्पर्क भए पनि समयमा घर नपुगेपछि खोजतलास गर्ने क्रममा मृतावस्थामा फेला परेको स्थानीयले बताएका छन्।

घटनाका सम्बन्धमा अनुसन्धान सुरु गरिएको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङले जनाएको छ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *