सुनको मूल्य तोलामा ८ सय रुपैयाँले बढ्यो

काठमाडौँ । सुनको मूल्य बिहीबार तोलामा ८ सय रुपैयाँले बढेको छ ।

यस दिन छापावाल सुनको मूल्य प्रतितोला ९७ हजार ८ सय रुपैयाँ पुगेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । त्यस्तै, तेजाबी सुनको मूल्य ९७ हजार ३ सय रुपैयाँ रहेको छ ।

यसअघि बुधबार छापावाल सुनको मूल्य तोलाको ९७ हजार रुपैयाँ र तेजाबी सुनको मूल्य तोलाको ९६ हजार ५ रुपैयाँ रहेको थियो ।

चाँदीको मूल्य पनि यस दिन बढेको छ । चाँदी यस दिन प्रतितोला ५ रुपैयाँले बढेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *