मनाङमा सिसी क्यामरासहित मतगणनास्थल तयार

काठमाडौँ । भोलि शुक्रबार हुने स्थानीय तह निर्वाचनको मतदानपछि मत गणनाको लागि मतगणनास्थललाई सुरक्षित र व्यवस्थित बनाइएको छ।

चारवटै पालिकामा स्थापना भएको निर्वाचन अधिकृतको कार्यालयले सुरक्षित तवरबाट मतगणना गर्न सहज बनाउने उद्देश्यले मतगणनास्थल तयार पारिएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ। स्वच्छ, निष्पक्ष र धाँधलीरहित वातावरणमा मत गणना गर्न स्थलको निर्माण गरिएको मुख्य निर्वाचन अधिकृत एवं जिल्ला न्यायाधीश पुनाराम खनालले जानकारी दिए। सदरमुकामस्थित चामे गाउँपालिकाको मतगणना मनाङ जिल्ला अदालतको कार्यालयमा गणना गरिने उनले बताए।

पालिकाले मतगणनाका लागि स्थलको सुरक्षित तवरबाट तयारी गरिएको मुख्य निर्वाचन खनालले जानकारी दिए। उनका अनुसार मतगणनाका लागि सुरक्षित र सहज हुने गरी सम्पूर्ण तवरबाट व्यवस्थापन गरिएको छ। “मतगणनाका लागि मतगणनास्थललाई सुरक्षित बनाइएको छ”, उनले भने, “सबैको चित्तबुझ्दो तवरबाट मतगणनास्थलको व्यवस्थापन गरिएको छ।”

छिटो मतगणना सम्पन्न गर्ने गरी गणनाको व्यवस्थापन गरिएको उनले बताए। “मतगणनास्थललाई कसरी व्यवस्थित, स्वच्छ, निष्पक्ष सौहार्दपूर्ण वातावरणमा सम्पन्न गराउने भन्नेतर्फ प्रतिबद्ध छौँ, आयोगको निर्देशनबमोजिम नै व्यवस्थित मतगणनास्थल निर्माण गरेका छौँ”, उनले भने। एक-दुई दिनमा मतगणना सम्पन्न गर्ने गरी व्यवस्थापन गरिएको उनको भनाइ छ।

मुख्य निर्वाचनसहित जिल्लाका सबै पालिकामा मतगणनास्थलको व्यवस्थापन गरिएको छ। मतगणनास्थलको सम्पूर्ण तयारी पूरा भएको छ। मनाङ ङिस्याङ गाउँपालिकाको हुम्देस्थित गाउँपालिकाको भवनमा मतगणना गरिने जिल्ला निर्वाचन कार्यालयका प्रमुख पुष्पलाल शर्माले जानकारी दिए। उनका अनुसार नासोँ गाउँपालिकाको पालिका भवन धारापानीमा मतगणना गरिनेछ भने नार्पाभूमि गाउँपालिकाको पालिका भवन च्याखुमा मतगणना गरिने उनले बताए।

जिल्लाका सबै पालिकाको मतगणनास्थल निर्माण गरिएको उनले बताए। सिसी क्यामेरासहित मतगणनास्थलमा तारबार गरिएको छ। बारभन्दा बाहिर उम्मेदवारका प्रतिनिधि बस्ने, गणना गरी सुनाउन माइकिङको व्यवस्था, मतगणनास्थलमा कडा सुरक्षा व्यवस्था गरिने मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *