कांग्रेस कार्यकर्ताले मेरो घर घेरेर धम्की दिँदैछन् : शान्ता चौधरी

काठमाडाैँ । नेकपा एमालेकी सांसद शान्ता चौधरीले कांग्रेस कार्यकर्ताले आफ्नो घर घेरेको बताएकी छन् । उनले मंगलबार राति १०ः०४ बजे सामाजिक सञ्जालमार्फत आफ्नो घर अगाडि आएर कांग्रेस कार्यकर्ताले धम्की दिएको उल्लेख गरेकी हुन् ।

उनले दाङस्थित आफ्नो घर कांग्रेसका कार्यकर्ताले घेरेर धम्की दिएको बताइन् । ‘नेपाली कांग्रेसका कार्यकर्ता मेरो घर घेरेर धम्की दिँदैछन् यतिबेला’, उनले सामाजिक सञ्जालमा लेखेकी छन् ।

त्यसपछि जिल्ला प्रहरी कार्यालय दाङले शान्ताको घरमा सुरक्षा दिएको थियो । ‘मेरो आमा बिरामी भएकोले माइत गएर आमालाई औषधि दिएर घर फर्कने क्रममा मेरो माइतको घर देखिनै पिछा लाग्दै रो घर घरे,’ उनले अगाडि भनेकी छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *