बुटवलमा बम विस्फोट, नेकपा माओवादी लेखिएको पर्चा भेटियो

काठमाडौँ । बुटवल बजारको मिलनचोकमा बुधबार बेलुकी विस्फोट भएको छ।

बुधबार बेलुकी ८:१५ बजेको समयमा मिनलचोकमा रहेको सनराइज बैंकअगाडि प्रेसरकुकर बम विस्फोट भएको प्रहरीले जनाएको छ। बम विस्फोट भएको ठाउँमा नेकपा माओवादी नामको पर्चा भेटिएको प्रहरीले जनाएको छ। विस्फोटस्थल बुटवल उपमहानगरपालिका वडा नम्बर ९ मा पर्छ।

रुपन्देही प्रहरी, प्रहरी प्रमुख एसपी रवीन्द्र रेग्मीले विस्फोटबाट मानवीय क्षति नभएको जानकारी दिएका छन्।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *