धनगढीका मतदान अधिकृत भट्ट घाइते, उपचारका लागि काठमाडौँ लगियो

धनगढी । कैलालीको धनगढी उपमहागनरपालिकाका एक मतदान अधिकृत मोटरसाइकल दुर्घटनामा परेर घाइते भएका छन्।

धनगढी–२, वैयाबेहडीस्थित शारदा माध्यमिक विद्यालयमा रहेको मतदानस्थलमा खटिएका मतदान अधिकत दिजराज भट्ट त्यसतर्फ जाँदै गर्दा मोटरसाइकल दुर्घटनामा परेर घाइते भएका हुन्। भट्ट सवार से१प ११६८ नं को मोटरसाइकलसँग सु-प ०१-००१ च-२८८९ नं को स्कारपियोसँग ठोक्किएको जिल्ला प्रहरी कार्यालय कैलालीका डीएसपी बेदप्रकाश जोशीले बताए।

कैलालीका डीएसपी जोशीका अनुसार घाइते अधिकृत भट्टलाई थप उपचारका लागि काठमाडौँ लगिएको छ। अधिकृतको स्वास्थ्य अवस्थाबारे डिएसपी जोशीले भने, ‘स्वास्थ्य स्थिति गम्भीर भएर भन्दा पनि उपचारमा सहज होस् भन्नका लागि काठमाडौँ लगिएको हो।’ डिएसपी जोशीका अनुसार अधिकृत भट्टको खुट्टा र ढाडमा चोट लागेको छ।

मतदान केन्द्रमा उनको सट्टा नयाँ मतदान अधिकृत खटाइसकिएको निर्वाचन अधिकृत प्रेमराज भट्टले जानकारी दिए।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *