चर्किँदै महँगी, चैत महिनासम्ममा ७.२८ प्रतिशत मूल्यवृद्धि

काठमाडौँ । चालू आर्थिक वर्षको ९ महिनामा उपभोक्ता मूल्यवृद्धि(मुद्रास्फिति) ७.२८ प्रतिशत पुगेको छ ।

यो अघिल्लो महिना फागुन (८ महिना)सम्मको तुलनामा ०.१४ प्रतिशत बिन्दुले बढी हो । त्यस्तै अघिल्लो वर्षको चैत महिनासम्मको तुलनामा ४.१८ प्रतिशतले बढी हो । अघिल्लो महिना यस्तो मूल्य वृद्धि ३.१० प्रतिशत रहेको थियो ।

नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको देशको वर्तमान आर्थिक तथा वित्तीय स्थिति प्रतिवेदनले यस्तो देखाएको हो । समीक्षा महिनामा खाद्य तथा पेय पदार्थ समूहको मुद्रास्फीति ७.४० प्रतिशत र गैर–खाद्य तथा सेवा समूहको मुद्रास्फीति ७.१८ प्रतिशत रहेको छ । समीक्षा अवधिको औसत मुद्रास्फीति ५.६२ प्रतिशत रहेको छ ।

२०७७ चैत महिनाको तुलनामा २०७८ चैत महिनामा खाद्य तथा पेय पदार्थ समूह अन्तर्गत घ्यू तथा तेल, दुग्ध पदार्थ तथा अण्डा, दाल तथा गेडागुडी र सुर्तीजन्य पदार्थ
उपसमूहको मूल्यवृद्धि क्रमशः २८.३६ प्रतिशत, ११.५६ प्रतिशत, १०.५३ प्रतिशत र ८.९१ प्रतिशत रहेको छ ।

साथै, गैर–खाद्य तथा सेवा समूह अन्तर्गत यातायात, शिक्षा र विविध वस्तु तथा सेवा उपसमूहको मुद्रास्फीति क्रमशः २०.१६ प्रतिशत, ८.७९ प्रतिशत र ८.१७ प्रतिशत रहेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *