कपिलवस्तुमा निर्वाचनको तयारी अन्तिम चरणमा, महाराजगञ्जमा ३ गते मात्रै मतदान हुने

काठमाडाैँ । वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनको तयारी कपिलवस्तुमा अन्तिम चरणमा पुगेको छ ।

महारागञ्ज नगरपालिका बाहेक अन्य सबै ९ वटै पालिकामा निर्वाचनको तयारी अन्तिम चरणमा पुगेको प्रमुख निर्वाचन अधिकृत तेजेन्द्र प्रसाद शर्मा सापकोटाले जानकारी दिए । उनले सबै मतदान केन्द्रहरूमा मतदान अधिकृतहरू, मतपेटिका, मतपत्रहरू पुगेको बताए ।

त्यस्तै मतदाता परिचयपत्र बितरणसंगै मतदाता शिक्षा कार्यक्रम भइरहेको उनले बताए । मौन अवधिको क्रममा अनुगमन गर्न जादा जुलुस प्रर्दशन केहि नभएको र शान्त वातावरण देखिएको प्रमुख निर्वाचन अधिकृत सापकोटाको भनाई रहेको छ ।

जिल्लामा रहेका २३५ मतदान स्थलमा ४६८ मतदान केन्द्र रहेको छन । जसमा २३३७ जना कर्मचारी र १४०४ जना स्वयसेवक नियुक्त गरि परिचालन गरिएको छ ।

कांग्रेसको तर्फबाट कपिलवस्तुको महाराजगञ्ज नगरपालिकाको उपमेयरका उम्मेदवार बनेकी शोभावति कुर्मीको मृत्यु भएपछि स्थगित भएको निर्वाचन जेठ ३ गते हुने भएको छ ।

मतदान भने जेठ ३ गते हुने निर्वाचन अधिकृतको कार्यालयले सूचना जारी गरी जानकारी गराएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *