पैसा बाँडेको भन्दै एमाले उम्मेदवारकी श्रीमतीलाई स्थानीयले गरे घेराउ
२०७९ वैशाख २८ गते

काठमाडाैँ । आसन्न निर्वाचनका लागि पैसा बाँडेकाे भन्दै बुटवलमा उम्मेदवारकी श्रीमतीलाई स्थानीयले घेराउ गरेका छन् ।
बुटवल उपमहानगरपालिकाको मेयरमा नेकपा एमालेका उम्मेदवार बाबुराम भट्टराईमाथि पैसा बाँडेको आरोप लागेको हाे ।
वडा नम्बर ११ मझुवा टोलको सुकुम्बासी वस्तीमा पैसा बाँड्न आएको भन्दै नेपाली कांग्रेसका स्थानीय कार्यकर्ताले उनकी श्रीमती माया भट्टराईलाई घेराउ गरेका हुन् ।
२०७९ वैशाख २८ गते
प्रतिक्रिया
सम्बन्धित








