मतदान केन्द्रबाट मतदाता परिचयपत्र वितरण शुरू (तस्वीरहरू)

काठमाडौँ । स्थानीय तह निर्वाचन आउन अब दुई दिन मात्र बाँकी छ । वैशाख ३० गते बिहान ७ देखि बेलुका ५ बजेसम्म मतदान गर्न सकिने निर्वाचन आयोगले जनाएको छ ।

निर्वाचन आयोगकाअनुसार यसपालिको स्थानीय तह निर्वाचनमा २४ लाख भन्दा बढी नयाँ मतदाता थपिएका छन् ।

नयाँ मतदातालाई आज र भोलि मतदाता परिचयपत्र वितरण गरिने प्रवक्ता पौडेलले जानकारी दिए । मतदाताले मतदान केन्द्रबाटै परिचयपत्र लिन सक्नेछन् ।

मतदाता नामावलीमा नाम भएकाहरूले आफैँले प्रिन्ट गरे त्यसलाई पनि मान्यता दिने आयोगको तयारी छ ।

पुरानो मतदाता परिचयपत्र हराएको वा प्रयोग योग्य नभएकाले मतदाता पत्रको माग गर्दै निवेदन पेस गरेकाहरूलाई पनि त्यही दिन मतदाता परिचयपत्र उपलब्ध गराइने आयोगको भनाइ छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *