तुलसीपुर -१७ का वडाध्यक्षका उम्मेदवारको निधन

तुलसीपुर । दाङको तुलसीपुर उपमहानगरपालिका-१७ का वडाध्यक्षका उम्मेदवार लवरु चौधरीको निधन भएको छ ।

नेकपा एमालेबाट उम्मेदवार बनेका चौधरीको काठमाडौँको त्रिवि शिक्षण अस्पतालमा उपचारका क्रममा गएराति निधन भएको एमाले तुलसीपुरका अध्यक्ष माधव वलीले जानकारी दिए । बघौसी निवासी ५३ वर्षीय चौधरी मिर्गौला र कलेजो सम्बन्धि रोगबाट पीडित थिए ।

यसअघि उनी तुलसीपुर–१७ को वडा सदस्यमा निर्वाचित भएका थिए । चुनाव प्रचारकै क्रममा चौधरी एक्कासी बिरामी परेका हुन् ।

उनलाई उपचारका लागि दुई पटक नेपालगञ्जस्थित भेरी अस्पताल भर्ना गरिएको थियो । त्यहाँ सञ्चो नभएपछि थप उपचारका लागि काठमाडौँको त्रिवि शिक्षण अस्पताल लगिएको थियो । रासस

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *