डडेलधुरा पुगेर देउवाले भने, ‘कर्ण मल्ललाई नेता बनाउँला सोचेको ओलीको चाकरीमा लाग्यो’

डडेलधुरा । नेपाली कांग्रेसका सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवा गृहजिल्ला डडेल्धुरा पुगेर निष्कासनमा परेका नेता कर्ण मल्लमाथि खनिएका छन्।

आज सोमबार गृहपालिकाको गन्यापधुरा–२ बडालमा आयोजित चुनावी कार्यक्रमलाई सम्बोधन गर्दै मल्लप्रति आक्रोश व्यक्त गरेका हुन्। उनले मल्लले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको चाकरी गरेको आरोपसमेत लगाए। ‘मल्ललाई आफूपछि नेता बनाउँला सोचेको थिएँ,’ उनले भने, ‘अहिले सोही व्यक्ति ओलीको चाकरीमा लागेको छ।’ उनले मल्लको क्रियाकलापले आफूलाई लाज लागेको टिप्पणी गरेका छन्।

नेपाली कांग्रेसले मल्ललाई पार्टीको विधानविपरीत कार्य गरेको भन्दै साधारण सदस्यसमेत नरहने गरी पार्टीबाट हटाएको थियो। डडेल्धुरामा मल्ल समूहले नेपाली कांग्रेस (विपी)मा प्रवेश गर्दै एमालेसँग चुनावी तालमेल गरेको छ।

प्रधानमन्त्री देउवा र नेता मल्ल दुवैको गृहपालिका गन्यापधुरा नै हो। मल्ल समूहले गन्यापधुरामासमेत एमालेसँग तालमेल गरेको छ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *