गठबन्धन धेरै दिन टिक्दैन : अध्यक्ष ओली

काठमाडाैँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले गठबन्धन अब धेरै दिन नटिक्ने दावी गरेका छन् ।

सोमबार एमाले कीर्तिपुर निर्वाचन परिचालन कमिटीले आयोजना गरेको जनसभालाई सम्बोधन गर्दै अध्यक्ष ओलीले जनतालाई धम्काउँदै, तर्साउँदै हिँडिरहेकाले गठबन्धन अब घेरै दिन नटिक्ने दाबी गरेका छन् ।

उनले गठबन्धन धोत्रो पसेको रूखजस्तै भएको र छिटै ढल्ने टिप्पणी गरे । अध्यक्ष ओलीले अहिले मुलुकमा राष्ट्रियताको रक्षा गर्ने एमाले एकातिर र मुद्धा जित्दै सरकारमा बसेर मुलुक बिगार्नेहरू अर्कोतर्फ भएकाले जनताले उचित फैसला गर्ने बताए ।

कुनै उदेश्य नभएका दलहरूको गठबन्धनको ध्येय देश बनाउने मजबुद पार्टी एमालेलाई कमजोर बनाउनुमात्र रहेको उनकाे भनाई छ । आफ्नो पार्टीले चुनाव जिते युवाहरूलाई मलेसिया पठाउने र चुनाव नजिते बजेट रोक्ने धम्कीले कांग्रेसको नीति स्पष्ट भएको उनले बताए ।

अध्यक्ष ओलीले देशको राष्ट्रिय हितका लागि बनेको पार्टी एमाले नै भएको भन्दै जनताले एमालेलाई विश्वास गर्नुपर्ने जिकिर गरे ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *