एमालेले भन्यो– शान्ति सुरक्षाको प्रत्याभूति देऊ

चितवन । नेकपा एमाले चितवनले शान्ति सुरक्षाको प्रत्याभूतिको माग गरेका छ ।

एमाले चितवनमा शान्ति सुरक्षाको सुनिश्चितता हुन नसकेको भन्दै जीउधनको रक्षा गर्न प्रहरी प्रशासनसँग माग गरेका छ । शान्ति सुरक्षाको विषयमा संवेदनशील हुन र सबै नागरिकको जीउधनको सुरक्षा गर्न प्रहरी प्रशासनासमक्ष एमाले चितवनले माग गरेको छ ।

नेकपा एमाले चितवनका अध्यक्ष रामप्रसाद न्यौपानेले विज्ञप्ति जारी गरी चितवनमा वैशाख २४ गते र २५ गते घटेको दुई घटनाले जीउधनको रक्षा हुन नसकेका जनाएका छन् ।

वैशाख २४ गते खैरहनी ६ बस्ने राष्ट्रिय युवा संघ खैरहनीका उपाध्यक्ष कुमार थापामगरलाई अज्ञात समूहले खुकुरी प्रहार गरी घाइते बनाइएको घटना र वैशाख २५ गते साँझ ७ः३० बजे भरतपुर–७ कृष्णपुर खेलमैदान अगाडि भरतपुर–१२ बस्ने कांग्रेसका वाग्मती प्रदेश प्रतिनिधि अनिल परियारमाथि सांघातिक हमला गरी हत्या भएको घटनाले सुरक्षाको प्रत्याभूति हुन नसकेको विज्ञप्तिमा भनिएको छ ।

‘निर्वाचनको मुखैमा यस प्रकारका घटना घटनु र सरकारी पक्षले शान्ति सुरक्षाको सुनिश्चितता गर्न नसक्नु सरकारको गैरजिम्मेवारीपन’ एमालेले विज्ञप्तिमा भनेको छ ।

एमालेले दुवै घटनाका दोषीलाई तत्काल पक्राउ गरी कानुनबमोजिम कारबाही गर्न सरकारको गम्भीर ध्यानाकर्षण गराएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *