स्थानीय निर्वाचनबारे जानकारी दिने उद्देश्यसहित काञ्जीरोवामा निर्वाचन (तस्वीर)

काठमाडाैँ । काञ्जीरोवा नेसनल स्कुलले आसन्न स्थानीय निर्वाचनबारे विद्यार्थीहरूलाई व्यावहारिक ज्ञान दिने उदेश्यसहित विद्यार्थी उपप्रमुख प्रतिनिधि पदको निर्वाचन सम्पन्न गरेको छ ।

विद्यालयमा प्रमुख १ र उपप्रमुख २ गरी ३ जना विद्यार्थी प्रतिनिधिहरू रहने गर्दछन् । जसमा १ जना प्रमुख विद्यालयले मनाेनित गर्ने र २ जना उपप्रमुख भने कक्षा ४ देखि १० सम्मका विद्यार्थीहरूले मतदान गर्दछन् ।

विद्यालयका संयोजक विकास बस्नेतका अनुसार यस्ता निर्वाचन विद्यालय मा भैरहने भएता पनि, स्थानीय निर्वाचन अघि यो मदतान गर्नाले स-साना विद्यार्थीहरूलाई निर्वाचन सम्बन्धी व्यावहारिक ज्ञान बढ्ने बताए ।

तस्वीरहरू

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *